राष्ट्रलाई मेरो अध्यक्षता आवश्यक छ : केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि राष्ट्रको निम्ति आफ्नो आवश्यकता रहेको दाबी गरेका छन् । आज अबेरसम्म चलेको सचिवालय बैठकमा बोल्दै उनले अध्यक्ष नछाड्नुपर्नाको कारण ‘राष्ट्रको लागि आवश्यकता’भनेका हुन् ।
बैठकले मंसिर अन्तिम साता हुने ११ औं महाधिवेशन व्यवस्थापबसँग सम्बन्धित विभिन्न एजेन्डा पारित गरेको छ । प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारी,जनपरिचालन समितिमा प्रदीप ज्ञवाली,आवास व्यवस्थापनमा छविलाल विश्वकर्मा, लेखराज भट्टको भागमा खाद्य व्यवस्थापन,गोकर्ण विष्टलाई यातायात व्यवस्थापन समिति र रघुवीर महासेठलाई अतिथि सत्कार समितिको संयोजक बनाइएको छ । सबै समितिमा एक एक जना नेतालाई सचिव तोकिएको छ ।

नवप्रवेशीहरुमध्ये महाधिवेशन प्रतिनिधिमा बढीमा नौ जना सहभागी हुँदैछन् । रामकुमारी झाँक्री,किसान श्रेष्ठहरु पार्टीको ‘घर फर्क’ अभियानमा एमाले प्रवेश गरेका थिए ।
त्यसअघि पदाधिकारीहरुले धारणा राख्ने क्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी प्रसंग उठाएका थिए । तर अध्यक्षले त्यसबारे कुनै उच्चारण नगरेको सहभागी एक जनाले बताए । वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले नवौं र दशौँ महाधिवेशनमा सघाएको हुँदा अबको पालो आफ्नो हुनुपर्ने जिकिर राखेकोमा ओलीले प्रतिस्पर्धाले राम्रो नगर्ने जवाफ दिएका थिए ।
टिप्पणीहरू