प्रधानमन्त्री कार्यालयमा जेनजी समूह पालैपालो

प्रधानमन्त्री कार्यालयमा जेनजी समूह पालैपालो

सरकार फेर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको भोलिपल्ट जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजीको दुई वटा समूहले पालैपालो भेटघाट गरेको हो । बिहान जेनजी प्रतिनिधि अविन मेहाङ्गो, रवीन  कुमार शाह, हेमराज खड्का, गणेश विकलगायत डेढ दर्जन युवा प्रधानमन्त्री कार्यालय पुगेका थिए । 

प्रधानमन्त्री भेट्न गएको टोलीले मुख्य सल्लाहकार अजयभद्र खनालसँग पौने ३ घण्टा छलफल गरेको बताइएको छ । बिहान साढे ९ बजे सिंहदरबार पुगेका जेनजी युवा पौने १२ बजे त्यहाँबाट निस्किएका थिए । 

आजै जेनजीको अर्को टोलीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेको छ । अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा यादव सिंह, रवीन्द्र साह, सुनिल कुमार माली भण्डारी, मनिष कठायत, युवराज जोशी, कमलराज पाण्डे, युवराज उपाध्याय, अमित अधिकारी, निर्मला गौतम लगायत सहभागी थिए ।

टिप्पणीहरू