सिडिओ कार्यालयमा जेनजीसँग तीन बुँदे सहमति
नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरामा चर्किएको विवाद साम्य पार्न स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको वार्तपछि विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीको सुरक्षा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
योसँगै जारी धर्ना र प्रदर्शन फिर्ता लिन जेनजी समूह तयार भएको छ । वार्तामा सहभागी हुन जेनजी काउन्सिलका संयोजक सुदन गुरुङ पनि अपराह्न सिमरा पुगेका थिए ।
अस्ति सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरिरहेका युवामाथि एमालेका केही कार्यकर्ताले मुक्का प्रहार गरेपछि झडप भएको थियो । यसबीचमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी भइरहेको जनाइएको छ ।
टिप्पणीहरू