काँग्रेस नेताको आडमा ज्वाईंद्वारा कर्मचारीहरुमाथि धम्की

काँग्रेस नेताको आडमा ज्वाईंद्वारा कर्मचारीहरुमाथि धम्की

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा ससुरा तथा काँग्रेस नेताको आडमा पालिका अध्यक्षले कर्मचारीलाई धम्काएपछि अवस्था तनावपूर्ण बनेको छ । जनप्रतिनिधिले नै दादागिरी र असामान्य व्यवहार देखाएपछि कर्मचारीले दुःखेसो पोखेका हुन्।

हिजो साँझ नेपाली काँग्रेस बान्नीगढी गाउँ पालिका कार्यसमितिका सचिव एव्म गाउँपालिका अध्यक्ष टेकबहादुर साउदका ज्वाईं खेमराज साउँदले मदिराले लट्ठ भई कर्मचारीमाथि जथाभावी बोलेर ज्यान मार्ने धम्की दिएको बताइन्छ । उनले ताण्डव मच्चाएपछि स्थानीय पालिकाको प्रशासनिक वातावरण झनै त्रासपूर्ण बनेको छ ।  

गाउँपालिका नजिकैको क्यान्टिनमा खाना खाइरहेका लेखा अधिकृत अर्जुन जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीलाई साउँदले मनपरी गाली गरेर सडकमा पछारेर ज्यान लिने धम्की दिएको प्रत्यक्षदर्शीको भनाइ छ ।  सुरक्षित रूपमा खाना खानसमेत नपाउने अवस्था सिर्जना भएको जनाउँदै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।

आफूमाथि गाली गलौज गरिएको बताउँदै सूचना अधिकारी समेत रहेका लेखा अधिकृत अर्जुन जोशीले कानुनी उपचारका विषयमा परामर्शमा गरिएको बताए । नेपाली काँग्रेसबाट निर्वाचित पालिका अध्यक्ष टेकबहादुरको आड र मौन समर्थनका कारण उनका नातेदार, नेता–कार्यकर्ताले ‘अस्वाभाविक’, ‘दादागिरीपूर्ण’ र ‘मदिरामा मातेर हुलहुज्जत गर्ने’ प्रवृत्ति बढ्दै गएको कर्मचारीहरुको आरोप छ । 

एकसाता अघिमात्रै गाउँपालिका अध्यक्ष तथा खेमराजका ससुरा टेकबहादुरले सोही क्यान्टिनमा मदिरा सेवन गरेर कर्मचारीमाथि दुव्र्यवहारको प्रयास गरेका थिए । पालिका अध्यक्ष र उनको पार्टीका पालिका सचिव दुवैले एक हप्ताको अन्तरमा क्यान्टिनमै उग्र शैली देखाएको घटनाले राजनीतिक संरक्षण, दादागिरी र दण्डहीनताको वातावरण गहिरिँदै गएको गुनासो स्थानीयको छ । घटनापछि कर्मचारीहरूले कानुनी उपचारबारे छलफल गरेको बताएका छन् ।

टिप्पणीहरू