१५ मिनेटको क्याबिनेट बैठकमा नौ वटा निर्णय
आज बसेको क्याबिनेट बैठकले नौ वटा निर्णय गरेको छ । दिउँसो ४ बजेको समयमा १५ मीनेट बसेको बैठकले गरेका विभिन्न निर्णयमा विदेशी अनुदान स्वीकार गर्नेदेखि मुख्यसचिव नियुक्तिसम्म छन् ।
आजको बैठकले गरेका निर्णय यी हुन् :
१. युरोपियन युनियनको ‘Green and Reliable Energy for Economic Prosperity in Nepal’ परियोजनाका लागि २ कराेड ३५ लाख ८० हजार युरो अनुदान स्वीकार गर्ने।
२. भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्ने, त्यहाँको भाडादर २० बाट घटाई ५ रुपैयाँ प्रति वर्गमिटर कायम गर्ने।
३. विद्युत् नियमन आयोगलाई ‘South Asia for Infrastructure Regulation’ को सदस्यता स्वीकारका लागि अनुमति दिने।
४. नेपाल प्रहरीको संरचनाभित्रै पद मिलान तथा दरबन्दी थप–घट गर्ने र संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम थाल्न स्वीकृति।
५. भदौ २३ र २४ का आन्दोलनमा घाइतेहरूको उपचार र राहत उपलब्ध गराउने, साथै सेवा–सहयोगका लागि हेल्प डेस्क गठन गरी १० जना स्वयंसेवकलाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँ खाजा–खर्च उपलब्ध गराउने।
६. प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।
७. भूमि सम्बन्धी अध्यादेश नवौं संशोधन–२०२२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
८. वन तथा वातावरण मन्त्रालयअन्तर्गत २०८२/८३ देखि सञ्चालन हुने एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका लागि अधिकृतस्तरका ३७ दरबन्दी स्वीकृत गर्ने।
९. मुख्य सचिव एकनारायण अर्यालको अनिवार्य अवकाशपछि सचिव सुमनराज अर्याललाई नयाँ मुख्य सचिवको जिम्मेवारी दिने।
टिप्पणीहरू