जनआस्थाले पहिल्यै लेखेको थियो यो समाचार
सरकारले मुख्यसचिवमा रक्षासचिव सुमनराज अर्याललाई आज नियुक्त गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले उनलाई रक्षासचिवबाट बढुवा गरेको हो । वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण पर्सिबाट अवकाशमा जाँदैछन् ।
१५ महिना मुख्यसचिवको जिम्मेवारी सम्हालेका उनको कार्यकाल सकिनुभन्दा एक महिना अगाडिदेखि नै नयाँ मुख्यसचिवको चर्चा शुरु भइसकेको थियो । मुख्यसचिव बन्न सचिवहरुले विभिन्न माध्यमबाट लबिङ गरिरहेका थिए । काँग्रेस र एमालेले मुख्यसचिवका लागि आ–आफ्ना उम्मेदवार खडा गरेका थिए ।
तर,जेनजी आन्दोलनका कारण केपी ओलीको सरकार फालिएसँगै मुख्यसचिवमा अर्यालको बाटो खुलेको भनी जनआस्थाले गत कात्तिक २६ गते नै समाचार प्रकाशित गरेको थियो । ‘को बन्ला अबको मुख्यसचिव ?’ शीर्षकमा प्रकाशित समाचारमा तथ्यांक अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका अर्यालको सम्भावना धेरै रहेको उल्लेख छ ।
माचारमा लेखेबमोजिम सरकारले उनलाई नयाँ मुख्यसचिव बनाएको छ । अर्यालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,युवा तथा खेलकुद मन्त्रालय,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,तथ्यांक बिभाग लगायतका निकायमा सचिवको भूमिका नर्वाह गरेको अनुभव छ ।
टिप्पणीहरू