मुख्यसचिव नियुक्तिपछि  सचिवहरूकाे सरूवा

मुख्यसचिव नियुक्तिपछि  सचिवहरूकाे सरूवा

सरकारले चार सचिवको सरुवा गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको हो । 

रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएसँगै रिक्त भएको उक्त पदमा शर्मालाई पठाइएको हो । शर्माको ठाउँमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई पठाइएको छ । 

त्यस्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । भने, पन्थको ठाउँमा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गरिएको हो ।

टिप्पणीहरू