विशेषको उन्मुक्तिपछि अख्तियार सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिका भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च पुगेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सडक निर्माणमा भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरेको जानकारी दिए । सडक स्तरोन्नतिमा अनियमितता गरेको भन्दै मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहितविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो ।
तर, विशेष अदालतको २०८१ असार १८ गतेको फैसलाबाट उनीहरुले उन्मुक्ति पाएका छन् । यस्तै, सडक ढलानमा भ्रष्टाचार गरेको ठहरसहित महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसहित नौ जनाउपर अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतको २०८१ जेठ २ गतेको फैसलाले उनीहरुलाई पनि सफाई दिएको थियो । दुवै मुद्दाको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।
टिप्पणीहरू