यी हुन् कम तौलका सिलिण्डर बिक्री गर्ने ग्यास कम्पनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्याँस उद्योगको अनुगमन गरेको छ । कम तौलको ग्याँस बेचेको गुनासो आएपछि विभागले आज काठमाडौं र काभ्रेका उद्योगको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कैफियत देखिएका उद्योगलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन दिएको छ । गौरङ्ग सारीज प्रालि, उग्रचण्डी ग्याँस उद्योग प्रालि, सगरमाथा ग्याँस उद्योग प्रालि, एभरेष्ट ग्याँस उद्योग प्रालि, सूर्य ग्याँस इण्डष्ट्रिज प्रालि र गौरी शंकर ग्याँस उद्योग प्रालिलाई सामान्य निर्देशन दिइएको छ ।
त्यस्तै, नेपाल ग्याँस उद्योग प्रालिलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ ।
टिप्पणीहरू