‘पद बदलिए पनि राष्ट्रसेवा सकिँदैन’
आजदेखि अवकाश भएका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवाबाट औपचारिक रुपमा बिदाइ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उनले पद बदलिँदै गएपनि राष्ट्रसेवाको कर्तव्य कहिल्यै समाप्त नहुने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले अर्यालको सुखमय अवकाशप्राप्त जीवनको कामना गर्दै उपहार प्रदान गर्नुभएको थियो ।
२०४६ माघ ४ गते नायव सुब्बाबाट थालिएको आफ्नो निजामती यात्रामा अर्याले प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रालयका जिम्मेवारी र मुख्य सचिवसम्मका जिम्मेवारी सम्हालेका थिए। सम्वेदनशील सुरक्षा अवस्था, संविधानसभा निर्वाचन, २०७२ को भूकम्प, नाकाबन्दी र संविधान घोषणाजस्ता चुनौतीपूर्ण मोडमा आफूले पुर्याएको भूमिकालाई उनले महत्त्वपूर्ण अध्यायका रूपमा स्मरण गरे।
सेवाकालमा उनले जिम्मेवारी वहन गर्ने क्रममा सुशासन, पारदर्शिता, प्रविधिमैत्री प्रशासन, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय, वैदेशिक रोजगार तथा अध्यागमन सुधार, विपद् व्यवस्थापन प्रणाली सुदृढीकरण जस्ता पहल गरेका थिए । कार्यक्रममा भने, ‘भविष्यमा समेत देशलाई आवश्यक परे आफ्नो अनुभव र सीप राष्ट्रहितमै प्रयोग गर्न तयार छु ।’
टिप्पणीहरू