एमालेको उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डमा

एमालेको उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डमा

नेकपा (एमाले)ले आसन्न महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ । आज बिहान च्यासलमा बसेको ११औँ राष्ट्रिय महाविधेशन सचिवालयको बैठकले यसअघि तय गरिएको भृकुटीमण्डपलाई रद्ध गर्दै सल्लाघारीमा उद्घाटन गर्ने निर्णय गरेको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको गुण्डु र सल्लाघारी नजिकैको दूरी पर्छन् । भृकुटीमण्डपमा अन्य कार्यक्रमसँग जुध्ने सम्भावना देखिएपछि उद्घाटनस्थल सारिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बन्दसत्र भने भृकुटीमण्डपमै हुनेछ । 

त्यस्तै, आजको बैठकले राष्ट्रिय महाधिवेशनको औपचारिक नारा समेत तय गरेको छ ।  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ नारा कायम गरिएको गौतमले बताए । महाधिवेशनको लागि विभिन्न १२ वटा समिति बनाएर तयारी थालिएको छ ।

टिप्पणीहरू