‘डिस होम गो’ मा दिनहुँ डेढ लाखले एनपिएल हेर्दै

‘डिस होम गो’ मा दिनहुँ डेढ लाखले एनपिएल हेर्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका खेलहरू  ‘डिस होम गो’ एपबाट दैनिक डेढ लाखभन्दा बढीले हेर्ने गरेको पाइएको छ । 

एनपिएलको प्रत्यक्ष प्रशारणका लागि साझेदार संस्था डिस मिडिया नेटवर्कले उक्त एपमार्फत् देश तथा विदेशमा रहेका लाखौँले एकैसाथ खेल हेरेको जनाएको हो । नेपाल क्रिकेट संघ (क्यान) बाट ओटीटी अधिकार पाएको नेटवर्कले यसरी खेल हेर्नेहरूमा अधिकांश एन्ड्रोयड र आइओइस प्रयोगकर्ता रहेको बताएको छ । 

दर्शकले एनपिएलका खेलहरू आफ्नै मोबाइलमा हेर्न गुगल प्ले-स्टोर तथा एप्पल स्टोसमा गएर ‘डिस होम गो’ डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि नेपालभित्र तीन सय, मध्यपूर्वका देशमा पाँच सय र अन्य मुलुकमा दश अमेरिकी डलर भुक्तानी गरेर खेल हेर्न सकिन्छ । 

सहजै भुक्तानीको लागि मोबाइल वालेट (इसेवा र खल्ती) प्रयोग गर्न सकिने बताइएको छ । एप कम्पनीका अनुसार एनपिएल (दोस्रो संस्करण)को पहिलो खेल (काठमाडौँ गुर्खाज भर्सेज जनकपुर बोल्ट्स) दुई लाख बढीले हेरेका थिए । 

त्यतिबेला दर्शकको अत्याधिक चापको कारण मोबाइल प्रयोगकर्ताको लागि केही समस्यासमेत सिर्जना भएको थियो । तर भोलिपल्टै कम्पनीले प्राविधिक समस्या समाधान गरेर दर्शकलाई सजिलै खेल हेर्न मिल्ने बनाएको थियो ।
 

टिप्पणीहरू