एमाले प्रतिनिधि छान्ने मुखैमा "भ्रमको खेती" शुरु
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन अध्यक्ष केपी शर्मा ओलीको सचिवालयबाट भ्रमपूर्ण खबर फैलाइएको भन्दै आपत्ती जनाइएको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवैतिर प्रष्ट नखुलेका सात जना नेताले सामूहिक निर्णय गरेर अध्यक्ष ओलीतिर खुलेको सूचना आज दिउँसो अचानक छरपस्ट पारिएको थियो ।
सात पदाधिकारीको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट अध्यक्ष ओलीको निरन्तरतामा उभिने निष्कर्ष निकालेको सूचना छरिएको थियो । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट,रघुवीर महासेठ,छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेको समाचारमा भनिएको छ ।
काठमाडौंको छलफलमा सहभागी भनिएका सचिव रघुवीर महासेठ जनकपुरमा छन् । लेखराज भट्ट कैलालीको धनगढीमा छन् । सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेकी छन् । स्रोतका अनुसार एकतर्फी रुपमा भ्रमपूर्ण सूचना प्रवाह गरिएको भन्दै सचिव रघुवीर महासेठले पदाधिकारीहरुसँग असन्तुष्टी जनाएका छन् । कैलालीमा रहेका सचिव भट्टले आफू निकट कार्यकर्ताहरुलाई टेलिफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएका छन् ।
तर काठमाडौंको छलफलमा सहभागी भनिएका सचिव रघुवीर महासेठ जनकपुरमा छन् । लेखराज भट्ट कैलालीको धनगढीमा छन् । सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेकी छन् ।
स्रोतका अनुसार एकतर्फी रुपमा भ्रमपूर्ण सूचना प्रवाह गरिएको भन्दै सचिव रघुवीर महासेठले पदाधिकारीहरुसँग असन्तुष्टी जनाएका छन् ।
कैलालीमा रहेका सचिव भट्टले आफू निकट कार्यकर्ताहरुलाई टेलिफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएका छन् ।
टिप्पणीहरू