एमाले महासचिवकै जिल्लामा गड्याङ्ग गुडुङ्ग

एमाले महासचिवकै जिल्लामा गड्याङ्ग गुडुङ्ग

एमाले महासचिव शंकर पोख्रेलको गृह जिल्ला दाङबाट ११औं महाधिवेशनका लागि प्रतिनिधि छान्दा गड्याङ्ग गुडुङ्ग भएको खबर छ। 

यसमा स्वयं महासचिव शंकर पोखरेलकै नाम जोडिएको छ। जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको भनिरहँदा उम्मेदवार सुदर्शन गौतमले यसप्रति घोर आपत्ति जनाएका छन्। 

भन्छन्-निर्वाचन प्रक्रिया नै नथाली प्रतिनिधि घोषणागरियो,विधान र नियमावलीको स्पष्ट उल्लंघन भयो । उनले दाङमा गरिएको प्रतिनिधि छनोट तत्काल खारेज गर्न,विधानअनुसार निष्पक्ष र पारदर्शी प्रक्रिया थाल्न र दोषी जिल्ला नेतामाथि कारबाहीको माग गरेका छन्।

टिप्पणीहरू