बेलायती जर्नेल कहिले आए ?
बेलायती सेनाका मेजर जनरल जेम्स म्याथ्यु सिनियर नेपाल आएका छन् । उनी आज बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५० मा दोहा हुँदै काठमाडौं आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि नेपाली सेना र काठमाडौंस्थित बेलायती दूतावासका अधिकारीहरू पुगेका थिए । भूतपूर्व गोरखा सैनिकहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइए पनि उनको भ्रमणको पूर्ण विवरण भने नेपाली सेना र बेलायती दूतावास दुबैले दिएका छैनन् ।
टिप्पणीहरू