जेनजीका नाममा महोत्सव गरिँदै

जेनजीका नाममा महोत्सव गरिँदै

अनेरास्ववियु (क्रान्तिकारी) ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । युवाहरुलाई संगठनमा उचित प्रतिनिधित्व गराउने,उनीहरुको प्रतिभा र क्षमतालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

भोलिदेखि शुरु हुने उक्त महोत्सव पुस ८ गतेसम्म चल्ने जानकारी दिइएको छ । भोलि बिहान ११ बजे राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले महोत्सवको उद्घाटन गर्नेछन्।

महोत्सवमा नेपालको भविष्यको दिशा तय गर्ने विषयमा महाबहस पनि हुने जनाइएको छ।

टिप्पणीहरू