विवेकशीलको नारा ‘अविवेकी प्रधानमन्त्री’

विवेकशीलको नारा ‘अविवेकी प्रधानमन्त्री’

विवेकशील पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको संसद विघटनको निर्णय बिरुद्ध आज बिहान माइतीघर मण्डलामा बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की, अजिता राई लगायतको उपस्थिति थियो ।

प्रदर्शनकारीहरूले कागजको श्रीपेच लगाउँदै अधिनायकवादको बाटोमा केपी ओली, केपीमा चढ्यो श्री ३ को भूत, संसद भंग गरेर अधिनायकवाद जन्मियो, कु गर्न पाईंदैन, कु गर्ने नेता चाहिँदैन भन्ने नारा लगाएका थिए ।

टिप्पणीहरू