मलाई धेरैले सोध्नुहुन्छ, माया के हो …

नेपालीे समुदायमा मायालाई प्रेम, लभ भनेर बुझिन्छ । भारतीय समुदाय र गीतामा मायालाई मिथ्या, भ्रम– भनेर बुझिन्छ भने क्रिश्चियन समुदायमा मायालाई लुसिफर भनिन्छ । लुसिफर हो त गडकै सन्तान जो धेरै सुन्दर त हुन्छ र यसै घमण्डमा गड यानी आफ्नै पिताविरुद्ध उत्रिन्छ । लडाइँमा हारेपछि पृथ्वीमा फालिन्छ र ऊ शैतानको संज्ञा पाउँछ र जसको युद्ध न्इम् सँग अहिले पनि निरन्तर चलिरहेछ ।

बुद्धका तीन आँखालाई करूणा, दया र ज्ञानको प्रतीक मानिन्छ । मायाको यहाँ पनि कतै छैन । बुद्ध धर्ममा पनि मायालाई मोह भनिन्छ जसले मुक्तिको बाटो रोक्ने काम गर्छ । योग विज्ञानमा पनि ध्यानको अन्तिम अवस्था यानी समाधि जुन परमात्माको अवस्था हो, जुन अवस्था प्राप्त गर्न संसारिक माया मोह त्याग्नुपर्ने हुन्छ यानि त्यो अवस्था स्वतः मायाबाट मुक्त हुन्छ जसलाई समाधि यानी परमानन्द परमात्मा भनिन्छ । ज्योतिष विद्यामा पनि माया, भौतिक संसार, सुन्दरता यी सब शुक्र ग्रहको भागमा आउँछन् । शुक्र जसलाई हिन्दु ग्रन्थमा दैत्यगुरु शुक्राचार्य भनिन्छ, दैत्य शब्द यहाँ नोट गर्न जरूरी छ ।

प्राचीन युनानी सभ्यतामा पनि शुक्र ग्रहलाई अत्यन्त सुन्दर ग्रहको उपनामले चिनिन्छ, यहाँनिर शुक्रले लुसिफर को कहानीतिर ईशारा गर्छ, किनकि लुसिफर पनि सुन्दरताकै प्रतीक हो ।

विभिन्न समुदायले मायालाई जसरी बुझाए पनि निश्कर्ष भने एउटै हो । तपाईं हामी जुन माया गर्छाैं त्यो माया अरू केही नभई ब्रह्माण्डको नकारात्मक ऊर्जा हो । यसलाई त्याग्न सके मात्र गड ऊर्जा उत्पन्न हुन्छ । यसकारण गड को अर्थ नै सन्न्यास हुन आउँछ । यसकारण नै सच्चा साधु सन्न्यासीलाई सत्य युगदेखि केही यताका युगसम्म राजाभन्दा बढी मानिन्थ्यो किनकि उनको ऊर्जा परमात्माको नजिक पुगिसकेको हुन्छ । यानी ब्रह्माण्डको अन्तिम गन्तव्यसम्म पुगिसकेको हुन्छ जुन गन्तव्यसम्म हामी सबैलाई पनि पुग्नै छ । जसरी एउटा समुद्रमा खोलानाला सबै आफैँ मिल्न आउँछन्, हाम्रो अस्तित्व र परमात्माको अस्तित्वले पनि यसरी नै काम गर्छ ।

अन्ततः माया जो न्इम् को विपरित काम गर्छ, जसको उद्देश्य हो ब्रह्माण्ड खत्तम गर्नु, ब्रह्माण्ड खत्तम हुनु यानी केही नरहनु, स्वयं खत्तम हुनु । यसकारण मायाको अर्थ आफैँलाई मेटाउनु हो ।

माया नकारात्मक ऊर्जामा पर्ने हुनाले नै तपाईंले माया गरेर कहिल्यै खुशी पाउन सक्नु भएन, चाहे त्यो अरूलाई माया गरेर होस् या आफैँलाई र आफ्नो शरीरलाई गरेर होस् । अन्त सधैँ निराशाजनक नै रह्यो । त्यो उभचाभअतष्यल पाउनु भएन जीवनमा जुन तपार्इंको अन्तरात्माले पृथ्वीमा जन्म लिएदेखि खोजिरहेछ किनकि नकारात्मक अशुद्धतामा उभचाभअतष्यल पाइँदैन यानीकि पूर्णता भेट्न सकिँदैन । ब्रह्माण्ड यो नकारात्मक ऊर्जा, यो अशुद्धिलाई तपाईंबाट निकालेर फाल्न चाहन्छ । तपार्इंलाई फिल्टर गरेर एक शुद्ध ऊर्जा बनाउन चाहन्छ जुन ऊर्जालाई नै हामी आमभाषामा ईश्वर, न्इम् , परमात्मा इत्यादि भन्छौँ । किनकि अन्ततः यही ऊर्जा नै हो जसले गर्दा ब्रह्माण्ड जीवित छ ।

ब्रह्माण्ड मायाले यस अर्थ चल्दैन, मायाले त उल्टो नष्ट हुन्छ भने करुणाले ब्रह्माण्डलाई बचाउँछ, दयाले बचाउँछ, आत्मज्ञानले यसलाई बचाउँछ । ब्रह्माण्डलाई यसअर्थ एक सन्न्यासीको जरुरत छ, न की माया गर्ने मानिसहरूको ।

टिप्पणीहरू