गोरखापत्रमा गोर्खेलौरी

गोरखापत्रमा गोर्खेलौरी

गोरखापत्र दैनिकको थारू भाषा पृष्ठका संयोजक पत्रकार कृष्णराज सर्वहारीलाई जिम्मेवारीबाट हटाइएको छ ।

सर्वहारीलाई हटाएर थारू कल्याणकारिणी सभा(थाकस)ले सिफारिस गरेका दुई जनालाई राखिएको बताइन्छ ।

थारू भाषामा विद्यालय तहको पाठ्यक्रमका लेखकसमेत रहेका सर्वहारी १३ वर्षदेखि गोरखापत्र दैनिकको नयाँ नेपाल, थारू भाषा पृष्ठ संयोजक थिए । थारू कल्याणकारिणी सभाले मानक थारू भाषा प्रयोग नगरेकाले सर्वहारीलाई हटाउन संस्थानलाई आग्रह गरेको बताइएको छ । सर्वहारीले भने बोलाइजस्तै लेखाइ हुनुपर्र्ने भन्दै आएका थिए ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले चिठी काटेर सर्वहारीलाई निश्कासन गरेका हुन् । भाषा पृष्ठको जिम्मा उदयपुरका सहदेव चौधरी र कैलालीकी दीपा चौधरीलाई दिइएको छ । लकडाउन शुरु भएदेखि भाषा पृष्ठलाई दुई पृष्ठबाट एक पृष्ठमा झारिएको र पृष्ठ संयोजकलाई कारबाही भएको भन्दै नयाँ नेपालका भाषा पृष्ठ संयोजकहरूले संस्थानका अध्यक्ष र सम्पादकलाई भेटेर गुनासो सुनाउन समय माग्दा पाएका छैनन् । भाषा पृष्ठकर्मीले गोरखापत्र संस्थानको हलमा बैठक गर्न लाग्दासमेत कोरोनाका कारण मिल्दैन भनेर रोकिएको आरोप छ ।

–विष्णु खनाल

टिप्पणीहरू