बाघले टोक्दा थारु घाइते

बाघले टोक्दा थारु घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मंगलबार घर नजिकै धान खेतमा पानी लगाउन गएका बेला गेरुवा गाउँपालिका-१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार घरबाट करिब ३०० मीटर पूर्व-दक्षिणमा रहेको धान खेतमा पानी लगाउन गएका बेला थारुमाथि बाघले आक्रमण गरेको थियो ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय पाताभारका प्रमुख नवराज केसीको नेतृत्व टोलीले घटनास्थलमै पुगेर घाइते थारुको उद्धार गरेको थियो । थारुको टाउको,गर्दन र ढाडमा गम्भिर चोट रहेको प्रहरीले बनाएको छ ।

घाइते थारुलाई उपचारका लागि नर्सिङ होम नेपालगंज पठाईएको छ ।

टिप्पणीहरू