सबै सुरक्षा प्रमुख स्वाट्टै तानिए
रुपन्देहीका सबै सुरक्षा प्रमुख आज अकस्मात राजधानी काठमाडौं तानिएका छन् । गृह मन्त्रालयको अप्रत्यासित यस निर्णयबाट जिल्लामा तहल्का मच्चिएको छ । आज काठमाडौं तानिएकामा प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख छन् ।
सबैले गत महिना अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक कोरिडोर शिलान्यास गर्ने क्रममा भएको मोतीपुर झडप काण्डलाई कारक हुनसक्ने अनुमान लगाएका छन् । त्यसक्रममा मन्त्री पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटेका थिए ।
आज काठमाडौं तानिएकामा सशस्त्रका एसपी भरत खनियाँ, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सीडीओ पिताम्बर घिमिरे हुन् । खनियाँ त्यहाँ गएको दुई महिना मात्र भएको छ भने पोखरेलको पनि धेरै भएको छैन ।
सीडीओ रुपन्देही गएको सात महिना मात्र भएको छ । सामान्यतयाः सीडीओलाई कम्तिमा एक वर्ष जिल्लामा राख्ने प्रचलन छ ।
टिप्पणीहरू