एमालेमा नेपाल पक्षको फेरि भेला
नेकपा एमालेको नेपाल पक्षले पार्टीभित्र उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल थालेको छ ।
कलंकीस्थित मेघा ब्याङ्क्वेटमा उक्त पक्षका राजधानीमा उपलब्ध स्थायी समिति सदस्य तथा अन्य नेताहरूबीचको छलफल भर्खर शुरु भएको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई छ महिनाको लागि सदस्यताबाटै निलम्बन गरेपछि उक्त पक्ष आज छलफलमा जुटेको हो ।
छलफलमा नेपाल,झलनाथ खनाल,रावललगायत अष्टलक्ष्मी शाक्य,अमृतकुमार बोहोरा, घनश्याम भुसाल,योगेश भट्टराई, गंगालाल तुलाधरलगायत झण्डै दुई दर्जन नेताको उपस्थिति रहेको बताइएको छ ।
टिप्पणीहरू