पत्रकार जुटायो अनेरास्ववियुले

पत्रकार जुटायो अनेरास्ववियुले

नेकपा एमाले (खनाल-नेपाल) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पत्रकार सम्मेलन गरेको छ ।

अहिले भर्खर प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष सुदेश पराजुली,उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा,केन्द्रीय सदस्य महेश श्रेष्ठलगायत पाँच दर्जन विद्यार्थी नेताको उपस्थिति रहेको बताइएको छ ।

नेकपा एमालेको विवाद चर्किंदै जाँदा भातृ संगठनहरुमा समानान्तर कमिटी गठन भैरहेका छन् । गत साता बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले विद्यार्थीको छुट्टै भेला गरेको थियो ।

उक्त भेलाले पराजुलीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । भेलाले गरेको निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको बुझिएको छ ।

टिप्पणीहरू