पौडी खेल्ने क्रममा डुबेका दुई बालकको शव पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

पौडी खेल्ने क्रममा डुबेका दुई बालकको शव पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

वाग्मती नदि किनारमा रहेको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका दुई बालकको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित टौदह र सिखाली जोड्ने पुल नजिकै वाग्मती नदिमा बनाइएको तरकारी फर्मको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यू भएको हो । उक्त खाल्डो सोही नगरपालिकाको वार्ड नम्बर ६, चुईंगाउँ बस्ने रामशरण महर्जनले तरकारी फर्मको लागि खनेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त,कीर्तिपुरका अनुसार आज बिहीबार दिउँसो करिब ३ बजे पौडी खेल्न गएका ओखलढुङ्गा घर भई हाल दक्षिणकाली नगरपालिकामा बसोबास गर्दै आएका अन्दाजी ८ वर्षीय कृष्ण मगर र सोहीस्थानका ११ वर्षीय प्रशान्त सुनुवार खाल्डोमा डुबेर बेपत्ता भएका  थिए ।

प्रहरीको विपद् व्यवस्थापन टोलीले डुुबेका बालकलाई मृत अवस्थामा फेला पारेको हो ।

टिप्पणीहरू