नेपालमा भारतका दुई रणनीति

नेपालमा भारतका दुई रणनीति

अब पनि चुनाव भएन भने एमाले एक हुन्छ भन्ने भारतको डर कायमै छ । त्यसैले जसरी पनि चुनावमा जानुपर्ने र जाँदा आफ्नो अनुकूल परिणाम आउने विश्लेषणका साथ निकालिएको निचोड अनुकूल हुने गरी प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले चुनाव चुनाव भन्दै रटान लगाउँदै आउनुभएको छ ।
अहिले माओवादी र एमाले स्पष्टसँग फुटेका छन् । अर्को सत्तारुढ एमालेसमेत अर्को महिनाभित्र फुट्ने निश्चितप्रायः छ । त्यसैले दीर्घकालीन ढंगले नेपालमा कम्युनिष्टहरूलाई सदाको निम्ति कमजोर बनाउने खेलअन्तर्गत पुस ५ यताका सारा गतिविधि र कदम चालिएको अनुमान लगाइँदैछ ।

अर्को कुरा के स्पष्ट छ भने भारत कुनै हालतमा नेपालमा कम्युनिष्टको सरकार चाहँदैन । त्यसमा पनि शक्तिशाली कम्युनिष्टको नाम त उसले सुन्न पनि चाहँदैन । त्यसैले अहिलेको अवस्थामा चुनाव भएमा  त्यसबाट नेपाली काँग्रेस र मधेसी दल मिलेर बहुमत पुर्याउने भारतलगायत ऊ निकट दलहरूको निचोड हो । त्यसो हुँदा आनन्दले आफू अनुकूलको सरकार बन्ने वातावरण बन्ने र त्यसबाट नेपाली राजनीतिको साँचो आफ्नो हातमा आउँछ भन्ने भारतको बुझाई रहेको बताइन्छ ।

ती दुई आधारमा इन्डियाले कुनै पनि हालतमा चुनाव चाहेको लैनचौर निकट स्रोतलाई उल्लेख गर्दै जसपाका एकजना नेताले बताए । अर्कोतर्फ प्रधानमन्त्री ओली पनि चुनाव चाहनुहुन्छ । जसपा र काँग्रेसले पनि चुनाव चाहेका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रले आफ्नो समर्थन यथावत राखे मात्र सरकार रहन्छ । त्यसो हुँदा मात्र चुनाव रोकिने दक्षिणतिर सद्भाव राख्ने सबैको बुझाई हो ।

उनीहरूले विश्लेषण गर्दै भनेका छन् ‘एमाले वरिष्ठ नेता माधव नेपालको हातमा यतिखेर केही पनि छैन ।  माओवादी केन्द्रले कहिलेसम्म समर्थन लिनसक्छ ? किनभने उसमाथि चर्को दबाब छ । त्यसैले अगाडि हेर्न नसकेको कारण पछाडि फर्केर भए पनि नाक थुनेर समर्थन गरिरहेको अवस्था हो । त्यसले यो अवस्था धेरै लामो समयसम्म नजाने हुँदा माओवादीले समर्थन फिर्ता लिने बित्तिक्कै माहौल चुनावमा जाने सम्भावना छ ।’

टिप्पणीहरू