पूर्वी नेपालमा भुईंचालो गयो, काठमाडौंमा समेत महशुस
भर्खरैराती ९ बजेको हाराहारीमा पूर्वी नेपालमा ठूलो भुकम्पको धक्का महशुस भएको छ ।
उदयपुर, झापा, सुनसरीलगायतको जिल्लामा महसुस भए पनि क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन । भुकम्पको धक्का राजधानी काठमाडौंमा समेत महशुस गरिएको थियो ।
भुकम्पको केन्द्र बिन्दु भारत पश्चिम बंगाल, जलपाईगुडी जिल्लाको बिनागुढी रहेकाे बताइएकाे छ । भुईंचालो ५.८ रेक्टर स्केलकाे भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
टिप्पणीहरू