काठमाडौंमा माओवादीको नयाँ कमिटी

काठमाडौंमा माओवादीको नयाँ कमिटी

नेकपा माओवादी केन्द्रले हिजो शनिबार वडा कमिटी घोषणाको साथै पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नागार्जुन नगरपालिका २, शान्तिचोकस्थित युनिक मोडल स्कुलमा नागार्जुन नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नयाँ कमिटी घोषणा गरिएको हो । केन्द्रीय सदस्य हितमान शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अन्य पार्टीका केही कार्यकर्ता केन्द्रमा प्रवेश गरेका थिए ।

नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरिएको उक्त कार्यक्रममा बोल्दै शाक्यले कम्युनिष्ट आन्दोलनमा फुट जुटको श्रृंखला चलिरहेकाले कोही पनि विचलित हुनुनपर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य कुमार पौडेल, महेश्वर कोइराला र केन्द्रका काठमाडौं जिल्ला सदस्य सरस्वती सुनारलगायत करिब डेढ सय जनाको सहभागिता रहेको बताइन्छ ।

टिप्पणीहरू