घोडेजात्राको दिन दक्षिणका पाहुना उत्रिए..
हिजो टुँडिखेलमा घोडेजात्रा मनाइरहेको बेला उता काठमाडौं विमानस्थलमा एक जना भारतीय पाहुना उत्रिएका छन् ।
नयाँ दिल्ली–काठमाडौं एयर इण्डियाको उडानबाट भारतीय जनता पार्टी उत्तर प्रदेश, कानपुरका सांसद देवेन्द्र सिंह भोले राजधानी आएका हुन् ।
पासपोर्ट नम्बर डी ११३६७५३ का सिंह भारतीय दूतावास लैनचौर नजिकैको होटल र्याडिसनमा बसेको बुझिएको छ ।
सांसद सिंहको राजनीतिक भेटघाट र कार्यक्रमको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
टिप्पणीहरू