अनि समृध्द नेपालको कुरा गर्न सुहाउँछ मन्त्रीजी !

अनि समृध्द नेपालको कुरा गर्न सुहाउँछ मन्त्रीजी !

रौतहट जिल्लाका बिभिन्न स्थानीय तह तथा वडालाई धुवाँमुक्त बनाउने भन्दै नगरको बजेटले ग्यास सिलिण्डर र चुलो बितरणले तीब्रता पाएपनि तीनै स्थानीय तहका नागरिक भने गोबरको गुइँठा बाल्न र बनाउन बाध्य छन् ।

केही बर्षयता रौतहटका बिभिन्न नगरपालिकाले आफ्ना नागरिक धुवाँबाट मुक्त होउन् भन्नका लागि ग्याँस र चुलोमा रकम खर्च गर्दै आएको भएपनि आम सर्वसाधारणको घरअगाडि गोबरको गुइँठा भने हट्न सकेको छैन ।

केही दिन पहिला जिल्लाको मौलापुर नगरपालिका औपचारिक रूपमा धुवाँमुक्त घोषणा गरिएको छ । तर सोही नगरको विभिन्न वडाका घरअगाडि बग्रेल्ती गोबरका गुइँठा देख्न सकिन्छ । मौलापुर १ मर्यादपुरमा तीनसय ४३ र वडा २ मर्यादपुरमै ८४ गरी कूल चार सय ८७ घर परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ ।

उनकै श्रीमती मेयर रहेको मौलापुर नगरपालिकालाई धुवाँमुक्त नगरपालिका घोषणा गरिएको भएपनि सोही नगरपालिकाका बासिन्दा गोबरको गुइँठा प्रयोग गर्न बाध्य छन् ।

यससंगै नगरक्षेत्रको सम्पूर्ण परिवारमा निशुल्क ग्यांस सिलिन्डर तथा चुल्हो बितरण कार्य पूरा भएपछि धुवाँमुक्त घोषणा भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन । साहको भनाइमा कुनै तुक नरहेको र अधिकांश घरमा गोबरको गुइँठा नै बल्ने गरेको एक स्थानीय बासिन्दाले बताए । जिल्लाका अधिकाँश सिलिण्डर ग्यास चुलो बितरण गर्ने नगरपालिकामा नै सबैभन्दा धेरै गोबरको गुइँठा प्रयोग हुने गरेको स्थानीयले जानकारी दिएका छन् ।

खास गरेर सहरी विकास मन्त्री प्रभु साहको क्षेत्रमा ग्यास सिलिण्डर र चुलो बितरण भएको छ । उनकै श्रीमती मेयर रहेको मौलापुर नगरपालिकालाई धुवाँमुक्त नगरपालिका घोषणा गरिएको भएपनि सोही नगरपालिकाका बासिन्दा गोबरको गुइँठा प्रयोग गर्न बाध्य छन् ।

रौतहट जिल्लामा ग्यास सिलिण्डर र चुलो बितरण पछिल्लो समय फेसनका रुपमा विकसित हुँदै गएको भएपनि सर्वसाधारण गोबरको गुइँठामै खाना पकाउन बाध्य छन् । जंगलबाट टाढा रहेका सर्वसाधारणले गोबरको गुईठा प्रयोग गर्ने गरेको र नगरपालिकाले वितरण गरेको ग्यास सिलिण्डर सर्बसाधारणको पहुंच बाहिर रहेको भएपनि मौलापुर नगरपालिकालाई धुवाँमुक्त नगर घोषणा गरिएको छ ।

टिप्पणीहरू