भाउजू मार्ने देवर पक्राउ

भाउजू मार्ने देवर पक्राउ

आफ्नै भाउजूको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गरेको थियो । तर अभियुक्त देवर पछि आफैँ महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू