हतकडीसहित भागेका भारतीय नागरिक पक्राउ
प्रहरीको कस्टडीबाट हतकडीसहित भागेका एक अभियुक्त पक्राउ परेका छन् । गत असोजमा प्रहरी अनुसन्धानका क्रममा हतकडीसहित भागेका भारतीय नागरिक सुजितकुमार गुप्ता आज समातिएका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका उपरीक्षक कृष्णप्रसाद पंगेनीले गुप्तालाई कालिमाटीस्थित परोपकारबाट पक्राउ गरिएको जानकारी दिए । पंगेनीका अनुसार गुप्तासहित तीनजनालाई अनुसन्धानका लागि गत असोजमा महानगरीय प्रहरी बृत्त कालिमाटीमा ल्याएकोमा तीन थान हतकडीसहित उनी फरार रहेका थिए ।
सुजितकुमार नाम बताउने भारतको बिहार समस्तीपुर जिल्ला पटौरी थाना बस्ने १८ वर्षका अन्नीकुमार साहलाई पनि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कालिमाटीस्थित परोपकारबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको पंगेनीले बताए ।
टिप्पणीहरू