लाश पोल्ने मेशिन बिग्रियो, पशुपतिमा थप चिता धमाधम
कोरोनाका कारण मृत्यु हुनेको संख्या लगातार बढिरहेका बेला पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह बिग्रिएपछि शव व्यवस्थापनमा चुनौति थपिएको छ ।
पशुपति शव व्यवस्थापन समितिले कोरोना संक्रमणको दोस्रो लहरका कारण उपत्यकामा कोरोना बिरामीको मृत्यु हुने क्रम बढेपछि शव व्यवस्थापनमा चुनौति थपिएको हो ।
समितिले विद्युतीय शवदाह बिग्रेपछि हिजोदेखि त्यसकै पछाडिपट्टि बागमती किनारमा चिता बनाएर जलाउन थालिएको बताएको छ ।
टिप्पणीहरू