केपी ओलीले ०५४ सालमा आफ्नै जिल्लामा के गर्नुभएको थियो ?

केपी ओलीले ०५४ सालमा आफ्नै जिल्लामा के गर्नुभएको थियो ?

पछिल्ला दिन नैतिकताको कुरा खूबै सुनिन्छ । राजनीतिमा नैतिकता भनेको के हो त ? पुरानो सन्दर्भ यस्तो छ-हालका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ०५४ सालको स्थानीय निर्वाचनमा आफ्नै गृह जिल्लामा देखाउनुभएको व्यवहार नै उहाँको भनाई र गराईबीचको फरकका निम्ति काफी हुने झापा संघर्षमा सम्लग्न नेताहरुको कथन छ ।

त्यतिबेलाको स्थानीय निर्वाचनमा उहाँले आफ्नो समर्थन नगरेको कारण पार्टीको आधिकारिक उम्मेदवारलाई खुलमखुल्ला हराइ दिनुभएको थियो । झापा जिल्ला विकास समितिका सभापतिको चुनावमा उहाँले पार्टीका आधिकारिक उम्मेदवार नरेश खरेललाई हराउन विद्रोही उम्मेदवार उठाउनुभयो ।

तारा चिन्ह लिएर उठाइएका अर्जुन राईलाई जिताउन भरपूर शक्ति प्रयोग गर्नुभयो । सूर्य चिन्हका नरेशबिरुद्ध तारा चिन्हका उम्मेदवार राईलाई उठाएर खरेललाई सबैले देख्नेगरी हराइएको थियो ।

खरेल तिनै नेता हुन् जो झापा आन्दोलन क्रममा १७ समयसम्म जेल बस्नुभएको थियो । उहाँले ०३३ सालमा नक्खू जेल ब्रेकसमेत गर्नुभयो । ०५४ को चुनाव हराएपछि हालका प्रधानमन्त्रीले उतिबेलै खरेललाई ‘मेरोविरुद्ध जानेको यस्तै हालत हुन्छ,ख्याल गर’ भन्ने खबर पठाउनुभएको थियो ।

उहाँले ‘अब पनि नसुध्रने हो भने यस्तो हालत नदोहोरिएला भन्न सकिन्न’ भनेर गृह जिल्लाका पुराना नेतालाई नैतिकताको पाठ पढाउनुभएको बताइन्छ ।

पुरानो रिसकै कारण झापा-२ बाट निर्वाचित नरेश खरेल-पत्नी पवित्रा निरौलालाई पनि उहाँ देखिसहनुहुन्न भनिन्छ ।

टिप्पणीहरू