पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
तनहुँको ब्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सोही नगरपालिका–२ का २२ वर्षीय सतिश अधिकारी रहेको प्रहरीले जनाएको छ ।
अधिकारीको मंगलबार दिउँसो मृत्यु भएको हो । नदीमा डुबेर बेपत्ता भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गरेको थियो ।
टिप्पणीहरू