निषेधाज्ञामा पनि धनमाल चोरी
मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरीमा चोरी भएको छ ।
स्थानीय उचितलाल सिंहको घरबाट सुनका विभिन्न गहना र नगद २५ हजार रुपैयाँसहित करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो ।
प्रहरीका अनुसार चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी हुनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू