सुदूरपश्चिमबाट भित्रिएका २६ जनामा संक्रमण,१२ को मृत्यु

सुदूरपश्चिमबाट भित्रिएका २६ जनामा संक्रमण,१२ को मृत्यु

भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि सीमा नाकाबाट नेपाल भित्रनेको संख्या दिनदिनै बढ्दो क्रममा छ ।

सोमबार सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका २६ जनामा एन्टिजेन परीक्षण पोजेटिभ देखिएको छ भने १२ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

झुलाघाट नाकामा ३१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो । त्यस्तै,गड्डाचौकी नाकामा ६२ जनाको परीक्षण गर्दा पाँच जना, गौरीफन्टा (डोकेबजार) नाकामा २ सय ८ को परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको पाइएको छ ।

कैलालीमा तीन जना कोरोना पोजिटिभ र पाँच जना एन्टिजेन पोजिटिभ गरी आठ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कञ्चनपुर,डोटी,बैतडी, बाजुरा तथा अछाममा एक एक गरी कूल १२ जनाको मृत्यु भएको छ । मृतक सबै केहि दिनअघि भारतबाट आएका हुन् ।

टिप्पणीहरू