उदयपुरमा डुलुवाले गर्दा आंशिक निषेधाज्ञा

उदयपुरमा डुलुवाले गर्दा आंशिक निषेधाज्ञा

काेराेना फैलिनबाट राेक्न गरिएको निर्णयलाई डुलुवाहरूले बेवास्ता गरेपछि डिसीसीएमसी उदयपुरले कडा कदम चाल्ने भएको छ । निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले २४ गतेदेखि उदयपुरमा पनि अत्यावश्यक काम बाहेक हिंडडुलमा रोक लगाउने भएको छ ।

बढ्दो संक्रमण नियन्त्रणका संक्रामक रोग एेन २०२० दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ काे अधिकार प्रयोगमा ल्याउनु परेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाँईले जानकारी दिए । साे दफाअनुसार गरिएको निर्णयमा २४ गते राति १२ बजे देखि ३१ गतेसम्म सबैखाले सवारीहरुमा रोक लगाईएकाे छ भने बजार खुला हुने अवधि बिहान ६ देखि १० बजेसम्म सारिएको छ ।

साथै अबदेखि मोटर साइकलसमेत चल्न नपाउने निर्णय गरिएको छ । अत्यावश्यक एम्बुलेन्स,खानेपानी, इन्धन,औषधी तथा स्वास्थ्य, लुबृकेन्ट,खाध्यान्न,तरकारी फलफुल,दुग्धजन्य पदार्थ, मासुजन्य वस्तु बोकेको सवारी, बैँक बित्तीय,इन्टरनेट दूरसञ्चार, क्वारेन्टिन,विद्युत,रेडक्रस, आईसोलेसन,फोहोर मैला,डाक सेवालगायत काममा प्रयोग हुने सवारी साधन भने खुल्ला गरिएको छ ।

सर्वसाधारणले बिहान ६ देखि १० बजेसम्म मात्र बजार किनमेल गर्न पाउने र औषधी उपचार सेवा २४सै घन्टा प्राप्त हुनेछन् । अांशिक निषेधाज्ञाकाे याे निर्णयलाई अटेर गर्नेविरूध्द कारवाही गर्ने जनाइएको छ । हाटबजार,मेला जात्रा,महोत्सव, पार्टी भोजलगायत भीडभाड गर्न नपाउने निर्णयसमेत भएको छ ।

टिप्पणीहरू