रास्ट्रपतिद्वारा दलहरुलाई मिलेर बहुमत सिध्द गर्ने मौका

रास्ट्रपति बिद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलहरुलाई मिलेर बहुमत प्रमाणित गर्न तीन दिनको मौका दिनुभएको छ ।

गण्डकी प्रदेशमा पनि त्यहाँकी नवनियुक्त प्रमुख सीता पौडेलले नयाँ सरकार बनाउन दलहरुलाई ठ्याक्कै तीन दिनको समय दिनुभएको छ जुन भोलि पुग्दैछ ।

आज अपरान्ह प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट बिश्वासको मत लिन नसकेपछि नेपाली काङ्ग्रेस,माओवादी केन्द्र र जसपाले सँविधानको धारा ७६(२) अन्तर्गत नयाँ सरकार गठनको निम्ति मार्गप्रशस्त गरिदिने मागसहित शीतलनिवासमा निवेदन दर्ता गरेका थिए ।

यसअनुसार अब दलहरुवीच बहुमत पुर्याएर आगामी बिहिवार बेलुकासम्म रास्ट्रपतिकोमा आधार प्रमाण पेश गर्ने दायित्व आइलागेको छ । बिश्वासको मत दिन्न भन्नेहरुको संख्या आज १२४ मात्र पुगेको थियो ।

अहिलेको हिसाबले त्यो सरकार गठनका निम्ति १३ मत कम हो जबकि तटस्थ बस्नेको संख्या आज १५ थियो । जसपा सिङ्गै नयाँ गठबन्धनको पक्षमा गयो भने सरकारको नेतृत्व लिन तयार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निम्ति त्यो पर्याप्त हुनसक्छ ।

त्यसो त एमालेको आन्तरिक संघर्ष अब कुन मोडमा जान्छ त्यसमा पनि धेरै कुरा निर्भर हुने देखिन्छ ।

टिप्पणीहरू