आज १ सय ६८ जनाको मृत्यु, ९ हजार ३ सयमा संक्रमण

आज १ सय ६८ जनाको मृत्यु, ९ हजार ३ सयमा संक्रमण

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ६८ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जोश्वर गौतमका अनुसार उक्त अवधिमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रवत्ता गौतमका अनुसार उक्त अवधिमा गरिएको २० हजार ३ सय ६२ पीसीआर तथा ४ सय २४ एन्टिजेन गरी २० हजार ७ सय ८६ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४ सय ४४ रहेको छ । आज काठमाडौंमा ३ हजार २ सय ५०, ललितपुरमा ४ सय ४८ तथा भक्तपुरमा २ सय २६ जना गरी कुल ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टी भएको छ ।

गत सोमबारदेखि आजसम्म ५८ हजार ५ सय ५१ पीसीआर परिक्षण भएकोमा २७ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले बताउनुभएको छ । उक्त अवधिमा १३ हजार ६ सय ७६ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज मुलुकभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा ९४ हजार ३ सय ४३ तथा ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

टिप्पणीहरू