अक्सिजन अभाव पूर्ति गर्न सरकारले तोक्यो नयाँ मापदण्ड

अक्सिजन अभाव पूर्ति गर्न सरकारले तोक्यो नयाँ मापदण्ड

नयाँ भेरियन्टको कोरोना महामारीका कारण सिर्जित भयावह अवस्थालाई मध्यनजर गर्दै सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी नयाँ मापदण्ड निर्धारण गरेको छ ।

अक्सिजन अभावका कारण संक्रमितहरूले ज्यान गुमाइरहेको समयमा संक्रमितको उपचार व्यवस्थापनमा अत्यावश्यक मेडिकल अक्सिजनको अभाव भएको भन्दै जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ प्रयोग गरि निर्धारण सम्बन्धी मापदण्ड जारी गरेको छ ।

मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ नाम दिइएको उक्त मापदण्ड छिट्टै लागू हुने बताइएको छ ।

मापदण्डमा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागी औसतमा दैनिक १४ हजार लिटर, एचडीयूमा उपचार गर्नेका लागी दैकि १२ हजार तथा अस्पतालमा अक्सिजनसहित उपचार गर्ने बिरामीका लागी ६ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख गरिएको छ ।

दश जना बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा २१ सिलिन्डर, ५० जनालाई एचडीयूमा उपचार गर्दा ८८ तथा १ सय जना सामान्य बिरामीलाई ८५ सिलिन्डर अक्सिजन आवश्यक पर्ने बताइएको छ ।

कोभिड उपचारका लागि तोकिएका अस्पतालहरूले सात दिनको मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने उल्लेख गर्दै अस्पताल र चिकित्सकको निगरानीमा मात्र अक्सिजन प्रयोग गर्न भनिएको छ ।

टिप्पणीहरू