माओवादी केन्द्रको आकस्मिक बैठक

माओवादी केन्द्रको आकस्मिक बैठक

नेकपा (माओवादी केन्द्र) ले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बैठक शुरु हुन लागेको स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।

तत्काल बैठक बस्ने खबर आएकाले म अहिले कार्यालय पुग्दैछ,सरकार गठनका लागि भएका प्रयासबारे अध्यक्षले जानकारी गराउनुहुन्छ होला’, भुसालले भन्नुभयो ।

यसअघि अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा नजिकिंदै गर्दा प्रचण्डले स्थायी कमिटी बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

जसपाको महन्थ ठाकुर खेमा प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि काँग्रेस,माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुरामपक्षीय गठवन्धनलाई बहुमत जुटाउन चुनौती बढेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा आज बेलुकी ९ बजे समाप्त हुँदैछ ।

टिप्पणीहरू