नवलपरासीमा किन चल्यो गोली ?
निषेधाज्ञाकाे बेला भारतबाट तस्करी गरी विभिन्न सामान ल्याएकाे अवस्थामा सशस्त्र प्रहरी सीमा सुरक्षा गस्ती टाेलीले पक्राउ गर्ने क्रममा गाेली लागेर एक युवकको मृत्यु भएको छ ।
मृतक प्रतापपुर गाँउपालिका ६ कठहवाका २२ वर्षीय अविनाश राय हुन् । उनको बुटवलको सिटी अस्पतालमा उपचार गर्ने सिलसिलामा मृत्युु भएको हाे ।
साे घटनामा अर्का युवक विनाेद राय घाइते भएका छन् । उनको उपचार भईरहेकाे छ । सशस्त्र प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै सामान ल्याउन राेक्ने क्रममा गाेली चलाउन बाध्य भएको जनाएको छ ।
तर स्थानीयहरूले भने सामान्य वादविवादमा प्रहरीले उत्तेजित भई गाेली चलाएको दावी गरेका छन् । घटनापछि साे क्षेत्रमा स्थानीय र प्रहरीवीच तनाव सिर्जना भएको छ ।
टिप्पणीहरू