विमान दुर्घटनामा सेना प्रमुख मारिए
नाइजेरियाली सेना प्रमुख जनरल इब्राहिम अटाहिरू र अन्य केही सैन्य अधिकारीको देशको उत्तर–पश्चिम कडुना राज्यमा भएको एउटा विमान दुर्घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा खराब मौसमका कारण दुर्घटना भएको त्यहाँको सेनाले जनाएको छ ।
गत जनवरीमा राष्ट्रपति मोहम्मद बुहारीले बोको हराम सशस्त्र समूहविरूद्धको दशकभन्दा लामो हिंसालाई सशक्त बनाउन सेना प्रमुखमा ५४ वर्षीय अटाहिरूलाई नियुक्त गरेका थिए ।
सेना प्रमुखसँगै १० जना वरिष्ठ सैनिक अधिकृत मारिएपछि राष्ट्रपति बुहारीले आफू ‘गहिरो दुःखमा परेको’ बताएका छन् ।
टिप्पणीहरू