आज पनि प्रहरी सिलिन्डर संकलनमा व्यस्त

आज पनि प्रहरी सिलिन्डर संकलनमा व्यस्त

नेपाल प्रहरीको सक्रियतामा मुलुकभरबाट आज २९ वटा खाली अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।

आज संकलित २९ र यसअघिको मौज्दात २ सय २० वटा गरी जम्मा २ सय ४९ वटा सिलिन्डरमध्ये शनिबार २ सय ४७ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । २ वटा सिलिन्डरहरु मौज्दात राखिएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर जम्मा राखेकाहरुबाट संकलन गरी उपलब्ध गराइएको बताइएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ गतेदेखि हालसम्म ९ हजार ७ सय ९३ वटा सिलिन्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ ।

टिप्पणीहरू