निषेधाज्ञा उल्लंघन गर्ने १५ सय बढी सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय बढी सवारी साधन नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ७७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ पश्चात् छोडिएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ३ सय ९० वटा गाडी र १ हजार १ सय ८७ वटा मोटरसाइकल रहेका छन् ।

साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

देशभर माइकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत २६ हजार ४ सय २ जनालाई सचेत गराइएको छ ।

टिप्पणीहरू