राष्ट्रपति कार्यालयको सूचना फेरि सुचारु

राष्ट्रपति कार्यालयको सूचना फेरि सुचारु

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति गर्नुभएका महत्वपूर्ण तर विवादास्पद निर्णयहरु राष्ट्रपति कार्यालय,शीतल निवासको वेवसाइटमा गए रातिबाट एकाएक हटाइए पनि झण्डै १२ घण्टापछि अहिले ११:२० बजेबाट पुनः सुचारु गरिएको छ ।

हिजो रातिबाट बैशाख ३१ सम्मका निर्णयहरु जस्ताको तस्तै राखिए पनि वेवसाइटमा शुक्रबार मध्यरात प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुगेको, प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरिएकोलगायतका आधिकारिक सूचना एकाएक हराएका थिए ।

झण्डै १२ घण्टापछि राष्ट्रपति कार्यालयको वेवसाइटमा उक्त विज्ञप्ति र सूचना पुनः हेर्नसक्ने बनाइएको छ ।

टिप्पणीहरू