मोटरसाइकलबाट गाँजा फालेर बेपत्ता

मोटरसाइकलबाट गाँजा फालेर बेपत्ता

निषेधाज्ञा र कोरोना महामारीमा पनि लागूऔषध बरामदका घटनाहरु अत्यधिक देखिएका छन् । त्यहि क्रममा आइतबार प्रहरीले गाँजा ठूलो परिमाणमा बरामद गरेको बताइएको छ ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–६, सेरा खोला पुलबाट करिब ३५ केजी गाँजा बरामद गरिएको छ ।

प्रहरीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले बोरा फालेर मोटरसाइकलसहित फरार भएपछि प्रहरीले बोरा तलासी गर्दा प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा गाँजा फेला पारेको हो ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू