महामारीबीच राजदूत खतिवडाद्वारा टाइसुटमै शिवलिंगमा जल (भिडियो सहित)
कोरोना महामारीबीच राजदूत नियुक्त भएर अमेरिकाको राजधानी वासिङ्गटन डिसी पुग्नुभएका राजदूत डा.युवराज खतिवडा आर्थिक तथा खोप सहयोगको लागि कूटनैतिक पहल र छलफलमा नलागी पूजापाठ र धर्मकर्ममा ब्यस्त हुनुभएको देखिएको छ ।
खतिवडा अमेरिकास्थित नेपालीलाई दूतावासको सेवा ‘डुअर सर्भिस’ को नाममा दिने भन्दै विभिन्न राज्यमा घुम्ति शिविर लिएर टेक्सास राज्यको पूजापाठमा संलग्न हुनुभएको हो ।
स्थानीय शिव मन्दिरमा खतिवडाले गर्नुभएको पूजापाठ कम्ति रोचक देखिँदैन । वैष्णव सम्प्रदायअन्तर्गत कृष्णप्रणामी समूहका खतिवडाले शिवलिंगमा जल चढाएकोमा उक्त सम्प्रदायले अचम्म मानेको छ । स्रोत भन्छ ‘प्रणामीले शिव भगवानलाई मान्दैन ।’ यता हिन्दूवादीहरुले भने टाइ लगाएर पूजापाठ गर्नु देखावटी मात्र भएको बताएका छन् ।
मन्त्रीस्तरको राजदूत नियुक्त भएर अमेरिका पुगेका खतिवडाले मुलुक कोरोना महामारीबाट आक्रान्त बनेको बेला अमेरिकी सरकारसँग समन्वय गरेर ठूलै सहयोग जुटाउने आश गरेको समूह शिवलिंगमा जल चढाउँदै हिँडेको देखेपछि भरङ्ग भएको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा करोडौं रुपैयाँको जलारी चढाउनु र उता राजदूतले शिवलिंगको जलारीमा जल चढाउनुलाई अनौठो वा आकस्मिक संयोग के हो भनेर छुट्याउन सकिएको छैन ।
टिप्पणीहरू