गोलि प्रहारबाट घाइते माओवादीका जिल्ला नेता दिपक पाण्डेको निधन

गोलि प्रहारबाट घाइते माओवादीका जिल्ला नेता दिपक पाण्डेको निधन

गोली प्रहारबाट गम्भीर घाइते नेकपा माओवादी केन्द्र, कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राती तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा मोटरसाइकलमा जाँदै गर्दा गोली प्रहार गरेको थियो ।

पेट र कम्मरमा दुईवटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गरिएको थियो । अवस्था जटिल बनेपछि उनलाई थप उपचारको निम्ति हेलिकोप्टरबाट हिजो राती ८ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।
तर पाण्डेको गए राति नै निधन भएको छ । पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

घटनामा संलग्न भएका भनिएकाहरुबाट लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल, २ थान मोबाइल, १ थान जंगी राउण्ड, १ थान खोका पनि बरामद गरिएको कपिलवस्तु प्रहरीले बताएको छ ।

टिप्पणीहरू