महिला प्रहरीमाथि दुर्व्यवहारमा एसपी मुछिए
‘नानीदेखि लागेको बानी’ भनेजस्तै कोही मानिस यस्ता हुन्छन्,जो जतिसुकै माथिल्लो दर्जामा पुगेपनि सुध्रिदैनन् । बरु पद छाड्न तयार हुने तर काण्ड मच्चाउन नछोड्ने ‘पटके एसपी’ भनेर चर्चित नेपाल प्रहरीका एकजना उपल्लो तहका हाकिम फेरि अर्को काण्डमा जोडिएका छन् ।
एमाले नेताहरुको सँरक्षणका कारण अनेक काण्डबाट उन्मुक्ति पाउँदै आएका ती अफिसर हुन् एसपी डीएन ज्ञवाली । हाल उनी तनहुँस्थित बेलचौतारा दङ्गा नियन्त्रण गणमा कार्यरत छन् । घुस काण्डमा जागिर गुमेका उनी पछि मुध्द्दा जितेर थमौती पाएपछि बेलचौतारामा हाजिर भएका थिए ।
बुटवलमा कार्यरत हुँदा आर्थिक अनियमितताको काण्ड लागेका ज्ञवाली पछि हेडक्वार्टरको तेल काण्डमा समेत अख्तियारबाट समातिए । अहिले भने महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरीको उच्च स्रोतका अनुसार महिला प्रहरीबाट प्राप्त उजुरीका आधारमा घटनाबारे अहिले छानविन भैरहेको छ । सम्भवत: आजभोलि नै वयानका लागि उनलाई हेडक्वार्टर तानिने छ ।
”हम कभी नहिँ सुध्ररेङ्गे’ भनेजस्तै यिनी कहिल्यै सुध्रिने भएनन्’,स्रोतले भन्यो । लुम्बिनीबाट एमालेका नाम चलेका नेताहरुको आड पाएको कारण ज्ञवालीले एकपछि अर्को काण्डबाट उन्मुक्ति पाउँदै आएको बताइन्छ ।
पोहोर यसैगरी कोशी अन्चलको यौन काण्डमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा र सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बलात्कार काण्डमा समातिएर जागिरबाट बर्खास्त र जेल चलान भएका थिए ।
टिप्पणीहरू